काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।
बुढाथोकी प्रहरीको फरार सुचीमा थिए। प्रहरी परिसर शरणार्थी बनाउने भन्दै गिरोहले संकलन गरेको रकम बुढाथोकीको बैंक खातामा समेत भेटिएको प्रहरीले जनाएको छ । यस अघि प्रहरीले पुर्व उप-प्रधानमन्त्री सहित १८ जना लाई पक्राउ गरिसकेको छ ।