काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साह विरुद्धको अदालतको अवहेलना मुद्दामा आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ हुने भएको छ ।
उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश मेयर साहले नमान्ने भने पछी शुक्रबार अवहेलना मुद्दा दर्ता भएको थियो ।
गएको आइतबार र सोमबार तोकिएको पेसी ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरिएको थियो । बालेनको अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् ।