काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरे लगत्तै आजै थप ४ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई पक्राउ गरेको हो।
ऊनीहरु माथि अनुसन्धान गर्न आजै सबैलाई पक्राउ गरेको हो । अन्य ब्यक्तिहरु पनि पक्राउ पर्न सक्ने उच्च सम्भावना रहेको छ ।