काठमाडौं । सर्लाहीको बलरा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
मिश्रको १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२०५७ साल असार ८ गते सेवा प्रवेश गरेका उनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमतीहरु सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा राखेकाले अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएर मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।