काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट पहिलो पटक सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेको छ ।
संविधानकै विषयमा प्रश्न उठाउँदै युवराज पौडेल सफलले दायर गरेको रिट पहिलोपटक संवैधानिक इजलासमा परेको हो । यसअघि, एकल र संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।
उक्त रिटमा लामिछानले पुनः लिएको नागरिकता समेत प्रक्रियासंगत नभएको भन्दै उनी सांसद पदका लागि अयोग्य रहेको दाबी गरिएको छ ।