काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवासको जग्गा निल्न खोज्ने पक्राउ पर्न थालेको र यतिमै नरोकिने बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, “नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो कारबाही भएको छ। उक्त सफल अनुसन्धानबाट कानुन र लोकतन्त्रको सर्वोच्चता स्थापित भएको छ। हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्न ललिता निवास प्रकरणका अभियुक्त पक्राउ पर्न थालेका छन्। यो शुद्धीकरण यत्तिमै रोकिने छैन।”
सम्बोधनको क्रममा उनेले अब विकृतिको डुंगुर सफा गर्ने यो अभियानमा सदन र जनताको अझ ठूलो हौसला र विश्वास आवश्यक रहेको बताएका छन् ।