काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेटको विपक्षमा मतदान गर्ने भएको छ ।
आज बसेको संसदीय दलको बैठकले पार्टी बजेटको विपक्षमा उभिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।
बजेटको पक्षमा समर्थन गर्न नसकिने उनले बताए । प्रतिनिधिसभामा रास्वपाका २२ सांसद छन् । सरकारले आजै प्रतिनिधिसभाबाट बजेट पारित गर्ने प्रक्रिया अघि बढाउँदै छ ।