काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै रासायनिक मल उत्पादनका लागि कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरेको बताएका छन् । उनले आजको प्रतिनिधिसभा को बैठकमा यस्तो बताएका छन् ।
उनले भने, ‘आगामी आर्थिक वर्षका लागि पनि समयमानै रसायनीक मल व्यवस्था गर्न ३० अर्ब रकम विनियोजन गरिसकेको छ । देशमै मल कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरिसकेको छ । भर्खरैको भारत भ्रमणमा पनि यो विषय गम्भीर ढंगले उठेको छ । पछिल्लो निकै वर्षदेखी किसानले कहिल्यै समयमा मल पाएनन् मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर परिस्थिति बद्लिएन । विश्वासको मत लिदै मैले प्रतिवदता जनाएको थिए अब त्यस्तो हाहाकार हुने छैन ।’ उनले भने ‘यद्यपि समस्याको समाधान अझै भएको छैन । तर मैले गरेको प्रतिबद्धता भने यस आर्थिक वर्षमा ७८ हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको छ । ’उनले लामो समयदेखिको समस्या समाधानका लागि सरकारले सक्दो प्रयास गरिरहेको भन्दै अहिले पनि पूर्ण रूपमा समस्या समाधान गर्न नसकिएको बताए ।