महेन्द्रनगर । कञ्चनपुरमा करेन्ट लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साहका ४४ वर्षीय अमर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा विष्ट घाइते भएका थिए ।
करेन्ट लागेर घाइते हुनुभएका विष्टको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए ।
मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको बताउँदै प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।