काठमाडौं । काठमाडौं महानगरपालिका का प्रमुख बालेन शाहले मौलिकता र सौन्दर्य जोगाउन हनुमानढोका परिसरभित्र सवारी प्रदेश निषेध गरिएको बताएका छन् ।
उनले आफ्नो फेसबुकमा लेख्दै यस्तो बताएका हुन् । उनले
परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बनाउन यसो गरिएको बताएका छन्।
उनले लेखेका छन “काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् । वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ । यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।”