काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ । प्रधानमन्त्री दाहालले हालै ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको’ भनेर दिएको अभिव्यक्तिलाई आपत्ति जनाउदै नेकपा एमालेले राजीनामा मागेको हो ।
आज (बुधबार) संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको राजीनामा मागेको छ भने प्रधानमन्त्री को उक्त अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको एमालेको ठहर छ । ।