धनगढी । कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलारी गाउँपालिका–७ को रामपुरका अन्दाजी ४५ को गणेश चौधरी रहेको प्रहरीले जनाएको छ ।
बुधबार नदीमा डुबेर बेपत्ता भएको चौधरी बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए । उनकाअनुसार खेतमा रोपाइँ गर्न गएका चौधरी स्थानीय कटैनी नदीमा डुबेका थिए ।
स्थानीयको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरेर बिहीबार शव भेटाएको हो ।