काठमाडौँ । अभिनेत्री तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् ।
देश र जनताको सेवा गर्ने भन्दै ५ महिनाअघि राजनीतिमा जोडिएकी गौतमले फेसबुकमा स्ट्याटस लेख्दै आज देखि राजनीति त्यागेको घोषणा गरेकी हुन ।
उनले आफ्नो फेसबुक स्ट्याटस मार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर आफुले वृक्षारोपण गरेको र १० वटा साबेल उपहारस्वरूप प्रदान गरेको पनि उल्लेख गरेकी छन् ।