काठमाडौँ । सत्तारुढ गठबन्धनले संसदीय मूल्य र मान्यताविपरीत गएर संसद् अवरोध गर्ने र प्रधानमन्त्रीको राजीनामा माग्ने प्रमुख प्रतिपक्षलगायतका प्रतिपक्षी दलको व्यवहार गैरराजनीतिक र असंसदीय रहेको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले बैठकले यस्तो ठहर गरेको हो ।
प्रमुख प्रतिपक्ष नेकपा एमाले लगायतका दलले बुधबार सदनमा देखाएको व्यवहार असंसदीय रहेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्मा ‘फेस’ गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादी०का उपाध्यक्ष राजेन्द्र पोण्डेले बताए ।