काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा नेकपा(एमाले) का सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमाले ले आवरुध गरे पछि राष्ट्रियसभाका ध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बौल्नका लागि समय दिएका थिए ।
सांसद श्रेष्ठले केही दिन पहिलेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको अभिव्यक्ति राष्ट्रियहितविपरीत रहेको आरोप लगाउनुभयो । उनले प्रधानमन्त्रीको भनाइ गलत भएको तर्क गर्दै त्यसविरुद्ध विरोध गर्ने आफ्नो संसदीय दलको निर्णय भएको बताए ।
राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाले पटक–पटक एमालेका सांसदलाई आसन ग्रहण गर्न आग्रह गरे पनि विरोध जारि रहे पछि बैठक असार २२ गते शुक्रबार १२.२९ बजे सम्म का आगि स्थगित गरेका छन् ।