आज नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव शून्य छ अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव ३८ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूच्क शून्य दशमलव ५८ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव १६ सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल ९७ लाख ५१ हजार नौ सय ८५ कित्ता शेयर रू तीन अर्ब सात करोड ७४ लाख ९८ हजार तीन सय १५ मूल्यमा खरिदबिक्री भएका छन् ।
नेप्सेका अनुसार, कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ ।