काठमाडौं । एसईई को नतिजा प्रकाशन भए पछी काठमाडौं महानगरपालिकाले कक्षा ११ मा हुने विद्यार्थी भर्नाका लागि कम्तीमा १५ दिनसम्मको सूचना प्रकाशन गर्न विद्यालयलाई आह्वान गरेको छ ।
महानगरले आज सार्वजनिक सूचना जारी गर्दै एसईई पास भएका र कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि कम्तीमा १५ दिनको सूचना प्रकाशन गर्न महानगरभित्रका विद्यालयलाई निर्देश दिएको छ ।
विगतमा छोटो अवधिको सूचना प्रकाशन हुने गरेको गुनासो आएको र यसबाट दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाण्डौ आउने विद्यार्थीहरु आवेदन दिन वञ्चित भएकोतर्फ ध्यानाकर्षण भएको महानगरले जनाएको छ ।