काठमाडौं । कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । ऊनी रातोपुलस्थित घरमा असार २१ गते मृत फेला परेका थिए ।
प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।
उनले भनेका छन्, ‘यो मेरै कारणले भएको हो । कसैलाई दु:ख नदिनू ।’ आमालाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘अर्को जुनीमा पनि तपाईंको कोखबाट जन्मिन पाऊँ भनेका छन् ।’