
काठमाडौँ । लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ ।नेप्से परिसूचक आज पाँच दशमलव ८४ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव १८ अङ्क कायम भएको छ ।
आज विभिन्न कम्पनीका दुई सय ६२ कम्पनीको ५५ लाख ३१ हजार सात सय ३७ कित्ता शेयर ४० हजार तीन सय तीन पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८५ करोड ८० लाख दुइ हजार एक सय ७५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
