२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । सर्वोच्च अदालतको आदेश अनुसार कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री दाबी गर्न दिएको समय आज(मंगलबार)सकिंदै छ । प्रदेश प्रमुख खापुङले साँझ ५ बजेसम्म संविधानको धारा १६८को २ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।तर, अहिलेसम्म नयाँ मुख्यमन्त्रीको टुंगो लागि सकेको छैन ।


सत्ता गठबन्धनमा रहेका राजनीतिक दलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई साथमा लिगेर मुख्यमन्त्रीसहित कोशी प्रदेशमा सरकार गठनको प्रयास जारी राखेको छ । एमालेले पनि राप्रपालाई नै विश्वासमा लिगेर संविधानको धारा १६८को ३ अनुसार प्रदेशसभाको ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने तयारी गरेको छ । राप्रपाको समर्थन पाउने विश्वाशिलो आधार नपाएपछि सत्ता गठबन्धनमा रहेका दलहरूले सभामुख बाबुराम गौतमलाई राजिनामा गरेर भएपनि मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन् । तर, गौतले सभामुखबाट राजीनामा गरेपछि आफै मुख्यमन्त्री हुनुपर्ने अडान राख्दा सहमति जुट्न सकेको छैन ।

दलहरूले साँझ ५ बजेसम्म मुख्यमन्त्री दाबी गर्न कोशी प्रदेशमा मात्र होइन काठमाडौंमा पनि छलफललाई तीब्र बनाएका छन् ।
कोशी प्रदेशसभामा एमाले ४० कांग्रेस २९, माओवादी केन्द्र सभामुखसहित १३, राप्रपा ६ नेकपा एकीकृत समाजवादी (नेकपा एस) ४ र जनता समाजवादी पार्टी (जसपा) १ गरी ९३ सदस्य छन् । सरकार गठनका लागि बहुमत पु¥याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । सभामुखसहित गठबन्धनमा ४७ सांसद छन् ।


सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वमा असर २१ गते गठन भएको कोशी प्रदेश सरकार बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापा नेतृत्व सरकार बदर गर्दै साताभित्र पुनः बहुमतको सरकार गठन प्रक्रियाअघि बढाउन परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।