काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय २१ दिन भित्र खाली गर्ने भएको छ ।
सोमबार काठमाडौं महानगरपालिकाले राप्रपाको भवन बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको र भवनको नक्सा पास पनि नरहेको उल्लेख गर्दै हटाउन भनेको थियो ।
महानगरले राप्रपालाई गत शुक्रबार नै समय दिएको थियो । तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको थियो । महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरू कार्यालय पुगेर सडकमा गाडी राखेर अवरोध गरेका थिए ।
यसैबीच राप्रपाले आज एक विज्ञप्ति जारी गर्दै महानगरको सूचना बमोजिम २१ दिन भित्र भवन खाली गर्ने जानकारी महानगरलाई दिएको छ । यस्को जानकारी राप्रपाले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पनि दिएको छ ।