
काठमाडौं । नेपालमा अनरका दुई माेडेलका स्मार्टफोन सार्वजनिक हुने भएको छ । आउँदाे बुधबार अनर ९० र अनर ९० लाइट नेपाली बजारमा सार्वजनिक हुन् लागेको हो । उक्त स्मार्टफोनको नेपालको लागि आधिकारिक बिक्रेता सेल्ट्रोन नेपाल प्रालिले सार्वजनिक गर्ने छ । अनर को दुवै मोडलको क्यामेरा र प्रोसेसरका सन्दर्भमा उत्कृष्ट मानिएका छ भने प्रि-बुकिङ गर्दा विभिन्न गिफ्ट पाउन सकिने जनाइएको छ ।
अनर ९०
एन्ड्रोइड १३ द्वारा सञ्चालित अनर ९० म्याजिक ओएस ७.१ मा आधारित छ । अनर ९० मा २०० मेगापिक्सेलको अल्ट्रा क्लियर, १२ मेगापिक्सेलको अल्ट्रा वाइड तथा म्याक्रो र २ गापिक्सेलको डेफ्थ सेन्सर गरी तीन ओटा रियर क्यामेरा रहेको छ । ५००० एमएएएच क्षमताको ब्याट्री भएको उक्त स्मार्ट फोनमा १२० हर्ज रिफ्रेस रेट भएको ६.७ इन्च एमोलेड डिस्प्ले रहेको छ भने स्न्यापड्रागन सेभेन जेन वान चिपसेट राखिएको छ । अनर ९० मा उत्कृष्ट Pulse Width Modulation (PWM) डिममङ टेक्नोलोजीको साथ् शून्य-फ्लिकर डिस्प्ले समावेश गरिएको छ जसले डिस्प्ले लाई 3,840Hz सम्मको दरमा पल्स गर्न अनुमति दिन्छ भने कम प्रकाश अवस्थाहरुमा पनि फ्लिकर मुक्त दृश्य अनुभव स्रिजना गर्दा छ । अनर ९० मा ५० मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ भने १२ जीबी र्याम र २५६,५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अनर ९० लाइट
एन्ड्रोइड १३ द्वारा सञ्चालित अनर ९० लाइट म्याजिक ओएस ७.१ मा आधारित छ । अनर ९० लाइटमा ९० हर्ज रिफ्रेश रेट भएको ६.७ इन्च एलटीपीएस एलसीडी डिस्प्ले छ । यस फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा, १०० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा वाइड तथा म्याक्रो र २ मेगापिक्सेलको डेफ्थ सेन्सर गरी तीन ओटा रियर क्यामेरा रहेको छ । यसमा मिडियाटेक डाइमेन्सिटी ६०२० चिपसेट राखिएको छ ।
उक्त फोनको ८ जीबी र्याम र २५६ जीबी इन्टर्नल भेरियन्टमा मात्र उपलब्ध हुनेछ । ४५०० एमएएएच क्षमताको ब्याट्री भएको यस फोनमा कम्पनीले २२.५ वाट अनर सुपर चार्ज उपलब्ध गराउने बताएको छ ।
मुल्य
अनर ९० फाइभजीको सुरुवाती मूल्य ६५ हजार भन्दा कम र अनर ९० लाइटको मूल्य ३५ हजार भन्दा कम हुने कम्पनीले जनाए पनि नेपालका लागि वास्तविक मुल्य सार्वजनिक गरेको छैन ।