२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । स्ववियु थापाथली क्याम्पसले गैरजिम्मेवार सरकार विरुद्ध वृहत् भेला र सान्केतिक प्रदर्शन भन्दै फ्रि स्टुडेण्ड मुभमेन्ट कार्यक्रम गरेको छ । शुक्रबार सरकारविरुद्ध वृहत् भेला र सांकेतिक प्रदर्शन फ्रि स्टुडेण्ड मुभमेन्ट कार्यक्रम गरेको हो । थापाथली क्याम्पसका अध्ययनरत विद्यार्थी ईश्वर प्रसाईले सरकारले जिम्मेवारी बहन नगरेको कारणले गर्दा पढाईको गुणस्तर घटाईएको र शुल्क बढाइएको आरोप लगाए ।


प्रसाईले भने ‘ आज सरकारले ध्यान नदिएको कारणले गर्दा हामी सडकमा उत्रन पर्ने अवस्था आएको छ । देश विकासको लागि करोडौं क्रृण लिन सक्ने सरकारले देशको प्रविधिक क्याम्पसका १ रुपैयाँ लगानी गर्न हिचकिचाईरहेको छ । ’ विरोध कार्यक्रममा सहभागी विद्याथी ज्ञानदेव महतोका अनुसार सरकारले शुल्क बढाएको र त्यो उचित नभएको बताए ।

Vivo Y28
Daraz


महतोले भने ‘ सरकारले जुन आई एको फि बढाएको छ । त्यसको विरुद्धमा आन्दोलनमा आएका हौं फि बढाउन खोजिरहेको छ । शैक्षिक गुणस्तर दिन प्रति दिन घट्दै गईरहेको छ । प्राविधिक शिक्षा ल्याब कक्षा कोठा पहिले जसरी चलेको अवस्था छैन । फि बढाउँने तर गुणस्तर घटाउँने यसमा हाम्रो आपत्ति हो । ’


प्रदर्शनमा विद्यार्थीहरुले त्रिभूवन विश्वविद्यालय रोज्ने कि त्रिभुवन विमानस्थल,विद्यार्थी पढ्न आउनु पर्ने हो कि आन्दोलन गर्न ,भयो मन बरु विदेश जान्छु तर सक्दिन ८ लाखको क्रृण लिइ मर्न जस्ता नाराहरु लागाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।