काठमाडौँ । नेपाली राष्ट्रिय टीमका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीको सहभागी रहेको टिम ग्लोबल टी-२० क्यानडाको फाइनलमा पुगेका छन् । सन्दीप सर्रे जागुअर्स र दीपेन्द्र मोन्टेरियल टाइर्गसमा सम्मेलित छन ।
दुबै टिम बीचको फाइनल खेल आज राति हुँदै छ । पहिलो क्वालिफर्यसमा भ्यानकुभेर नाइट्र्सलाई ३८ रनले पराजित गर्दै सन्दीप सम्मेलित सर्रे जागुअर्स फाइनल प्रवेश गरेको हो ।
यस्तै दोस्रो क्वालिफर्यसमा दीपेन्द्र सम्मेलित मोन्टेरियल टाइर्गसले भ्यानकुभेर नाइट्समाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।