२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक ३ दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ ।

आज २ सय ६७ कम्पनीको ६६ लाख ४७ हजार एक सय ४३ कित्ता शेयर १ लाख १ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज बैंकिङ, जलविद्युत्, लगानी समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ समूह १२ दशमलव १९, जलविद्युत सात दशमलव ३४, लगानी शून्य दशमलव ०३ र अन्य समूह पाँच दशमलव ५७ अङ्कले घटेको हो ।  नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ९९ प्रतिशतले बढेको छ । धेरै घट्नेमा भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ६ दशमलव ४५ प्रतिशतले घटेको छ ।   

Vivo Y28
Daraz

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।