पृथ्वीराजमार्ग पुनः अवरुद्व हुदा दुईतर्फी सवारी आवागमन बन्द भएको छ । पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ स्थित कन्टारमा सडक भासिँदा राजमार्ग अवरुद्व भएको हो ।
सडक विस्तारको जिम्मा पाएको चिनिया कम्पनीसँगको समन्वयमा भासिएको सडक मर्मत गरी सवारी साधन सञ्चालनका लागि पहल भएको छ । अवरुद्व सडक पुनः सञ्चालन गर्न समय लाग्ने देखिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।