
नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई थुनामुक्त गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
थुना बाहिरै राखेर मुद्दा अनुसन्धान गर्न जिल्ला अदालतले नेपाल प्रहरीको सीआईबीलाई आदेश दिएको हो । प्रतिनिधिसभा सदस्य समेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतको ठहर छ ।

शर्मालाई सीआईबीले बिहीबार पक्राउ गरी शुक्रबार म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराएको थियो । तर अदालतले हिरासतमा राख्ने अनुमति दिएन ।
यही प्रकरणमा पक्राउ परेका अन्य ७ जनालाई भने अदालतले हिरासतमा राख्न अनुमति दिएको छ ।