२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । शुक्रबार देखि सुरु भएको संसदीय दलको बैठक दिउँसो १२:३० बजे संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने छ ।

बैठकमा जारी संसद अवरुद्ध हटाउने, सदनमा विचाराधीन रहेका विधेयक तथा नयाँ विधेयकका विषयमा छलफल हुनेछ । साथै पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मा पक्राउपछि सरकारको नेतृत्व गर्दै आएको माओवादीप्रति कांग्रेस सांसदहरूले आशंका व्यक्त गर्दै आएका छन् । शर्मा पक्राउपछि उत्पन्न परिस्थितिका विषयमा पनि बैठकमा छलफल हुने छ ।

डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुमा लागेको लम्पीस्किन रोग नियन्त्रणमा लिनुको साथै राहातका कार्यक्रमहरू सञ्चालन गर्न कांग्रेसले शुक्रबार नै सरकारको ध्यानाकर्षण गराएको छ । साथै, तराई मधेसमा समयमा पानी नपर्दा किसानले खेत रोप्न नपाएको भन्दै प्रभावितहरूलाई राहत दिन कांग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।