काठमाडौँ । हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीका सडक पहिरोका कारण अवरुद्ध भएको छ । कुलेखानी-सिस्नेरी-काठमाडौँ सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो। त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ।
अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिएका छ्न ।