
काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटेज लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीका अनुसार अनुगमन समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको छ ।

उनका अनुसार खुला रुपमा बेचिने खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले केही समय लागि बेचबिखनमा रोक लगाउने तयारी भएको हो ।