
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।
बोर्डका सहसचिव एवं प्रवक्ता गङ्गाबहादुर अर्यालका अनुसार परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भई रहेको बताए ।
उनले आजै परीक्षाफल प्रकाशन हुने कुनै सम्भावना नरहेको बताए। बोर्डले साउन भित्रमै परीक्षाफल प्रकाशन गरी सक्ने प्रतिबद्धता जनाएको छ। बोर्डले बिहीवार सम्म नतिजा सार्वजनिक गर्ने छ ।

नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइट मार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ।
