२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । अर्थ मन्त्री प्रकाश शरण महतले सरकारले हर तरहबाट यूवा उद्यशीलतालाई प्रोत्साहन गर्ने बताएका छन् ।
बुधबार राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानले आयोजना गरेको उद्यमशील युवा सृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दे अर्थमन्त्री महतले यूवाहरुलाई देशमै रोक्नका लागि सरकारले यूवा उद्यशीलतालाई प्रोत्साहन गर्ने बताएका हुन् ।


उनले भने,‘सरकार हर किसिमबाट यूवा उद्यशीलतालाई प्रोत्साहन गर्न चाहन्छ । जसले गर्दा यहाँ केहि हुन थाल्यो भन्ने भएपछि विदेश गएका यूवाहरुपनि देशमा अवसर देखेर आफै आउँछन् ।’ देशमा नै उत्पादित बस्तुमा कम कर र उद्यमशील गर्न चाहने युवाहरुलाई अनुदान र सस्तो ऋण दिने योजना सरकारको रहेको उनको भनाइ छ ।


उनले भने,सरकारले जसले देशमै लगानी गर्छ र स्वदेशमा उत्पादन गर्छ त्यसलाई हामीले कर कम लगाउँछौं । साथै अनुदान र सस्तो ऋण गछौं उद्यमशील गर्न चाहने युवाहरुलाईं हामीले सर्पोट गर्ने हाम्रो योजना छ ।’ मन्त्री महतले उद्यमशीलताको नेतृत्व यूवाहरुले गर्नुपर्छ भनेता पनि उद्यमशीलताप्रति उत्पे्ररणा गर्ने कुरा जटिल रहेको टिप्पणी गरे ।

उनले अहिले कृषि भनेको परम्परागत हो यहाँ धेरै अवसर छैन् भन्ने मात्र सोच भएता पनि विदेश गएर सिप र क्षमता लिएर आउँनेहरुको लागि कृषि क्षेत्र अत्यन्तै ठूलो अवसर हुने गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।