२०८० मंसिर १५ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । नेपाल सरकारले धान, चामल र चिनी माग्दै लेख्यो भारतलाई पत्र पठाएको छ । चाडपर्वमा सम्भावित खाद्यान्नको अभाव हुन नदिन भारतलाई धान, चामल र चिनी माग गर्दै पत्र लेखिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव रामचन्द्र तिवारीले बताए ।

उनका अनुसार परराष्ट्र मन्त्रालय मार्फत पठाइएको छ । १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनी माग ग​एरिएको छ । भारतले ४ साउनमा बासमती बाहेकका सेतो चामलको निर्यात रोक्ने निर्णय गरेको थियो ।

भारतको निर्णयको असर नेपाली बजारमा देखिन सक्ने भएकाले परिमाण तोकेर खाद्यान्नका आयातका लागि आग्रह गरिएको जनाइएको छ ।

चाडपर्वको समय नजिकिँदै गर्दा व्यापारीहरूले यी खाद्यान्न लुकाएर राख्ने र मूल्यवृद्धि गराउन सक्ने भएकाले आयतलाई नियमित राख्न आवश्यक भएको सरकारको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।