
काठमाडौँ । आज नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि भएको छ । कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम भएको हो ।
आज विभिन्न कम्पनीका कुल ४० लाख नौ हजार २६३ कित्ता शेयर रु एक अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ दशमलव ७९ मा कारोबार भएको छ । यो दिनको कारोबारमा म्यूचुअल फण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ ।
