
दाङ । जंगली च्याउ खाँदा दाङमा आमाछोरीको मृत्यु भएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीका एकै घरका आमाछोरीको उपचारको क्रममा मुत्यु भएको हो ।
मुत्यु हुनेमा २७ वर्षीया ईश्वरी सुनार र छोरी ११ वर्षीया अस्मिता सुनार रहेको प्रहरीले जनाएको छ । च्याउ खाएर गम्भीर बिरामी ईश्वरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा र अस्मिताको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक राजनकुमार गौतमले बताए ।

प्रहरी का अनुसार साउन २९ गते जंगली च्याउ खाएर गम्भीर विरामी भऐका थिए । त्यस्तै मृतकका श्रीमान अजय सुनारकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।