
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम छ भने तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यस्तौ आज चाँदी तोलामा ३५ रुपैयाँ बढेकाे छ। चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।