काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् ।
६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सामाजिक सञ्जालमा सम्पर्क देखिएको भन्दै उनलाई छानबिनका लागि मन्त्रालयमा तानिएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए ।
उनको छिरिङसँग सम्पर्क भएको सिधाकुरा डट कम नामक मिडिया बाट समेत बाहिरिएको थियो ।