इन्सपेक्टरलाई बन्चरो प्रहार गर्ने तीन जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज इन्स्पेक्टर युवराज कटुवालमाथी बिहीबार साँझ झापा शिवसताक्षी–९ झरना पूल नजिकै आक्रमण भएको थियो ।
उनी माथी बन्चरो प्रहार भएको थियो । लागुुऔषध ब्राउन सुगर सेवन गरिरहेको सुचनाको आधारमा कटुवाल नेतृत्वको टोली सादा पोशाकमा खटिएको थियो ।
मोटरसाइकल अनियन्त्रित तरिकाले चलाएको देखे पछि रोकेर सोधपुछ गर्ने क्रममा कटुवालमाथि आक्रमण भएको जनाईएको छ । बन्चरोले आक्रमणबाट घाईते प्रहरी निरिक्षकको टाउकोमा र हातको औंलामा चोट लागेको छ ।