काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियारले घुस सम्बन्धी विषयमा सोधपुछ र अनुसन्धानका लागि यादवलाई नियन्त्रणमा लीएको हो ।
गत साउन ३१ गते सोलार सम्बन्धी एक योजनामा घुसको रूपमा २ लाख नगद र ३ लाखको चेक लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चौकबाट नियन्त्रणमा लिएको थियो ।
सोही प्रकरणमा सोधपुछ र बयानका लागि पालिका अध्यक्ष यादवलाई नियन्त्रणमा लीएको बताइएको छ ।