
काठमाडौं । भक्तपुरमा ‘वाटर साइकल’ संचालनमा आएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १ मा रहेको नः पुखुः (पोखरी) मा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा आएको हो ।
वाटर साइकल नेपालका लागि टिएन एड्भेन्चर्सले भक्तपुर नगरपालिकासँग सहकार्य गरी पानीमा चल्ने साइकल संचालनमा ल्याउन सफल भएको हो।

सञ्चालक संस्थाका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले यसले देशमै विदेशको मनोरन्जन र एड्भेन्चर्स प्राप्त गर्न सकिने बताए ।