
काठमाडौँ । नेप्से परिसूचक आज पनि २० दशमलब ५४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९३ दशमलब ३८ कायम भएको छ ।
आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४४ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ११ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको शेयर मूल्यमा उकालो लागेको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३८ लाख ९५ हजार दुई सय ३६ कित्ता शेयर रु एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्यमा कारोबार भएको छ ।
