
काठमाडौँ । सरकारले इन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न जनमत पार्टीका सांसद अब्दुल खानले माग गरेका छन ।
आजको प्रतिनिधि सभाको बैठकमा उनले सरकारले तिरिरहेको भन्दा तीन गुना बढि शुल्क भएर पढ्ने समयमा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएका भन्दै शुल्क फिर्ता गर्न माग गरेका हुन ।

उनले भने, ‘देशमा इन्जिनियर विद्यार्थीहरुको शुल्क तिरिरहेको भन्दा तीन गुनाबढी गरिएको हुनाले विद्यार्थीहरु आन्दोलन गर्न बाध्य छन । यस्तो अवस्थामा देशको भविष्य के हुन्छ ? पढ्ने समयमा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य छन । यस्तो बेला देशको नेताहरुले भविष्यको योजना कसरी बनाउनु हुन्छ त्यसैले चाँडो यसको समाधान गर्न माग गर्दछु । ’