काठमाडौँ । नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९ दशलमव ८१ अङ्कले ओरालो लागेर एक हजार ९ सय ६० दशमलव ७८ मा सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शून्य ९ अङ्कले ओरालो लागेर ३ सय ७६ दशमलव ६२ मा सीमित भएको छ । कारोबार भएका १३ अवटै उपसमूहको शेयर मूल्यमा आज गिरावट देखिएको छ ।