काठमाडौं । कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयमा प्रतिनिधिसभामा सांसदहरूले प्रश्न उठाउँदै सरकारको जवाफ मागेका छन ।
आज बसेको प्रतिनिधिसभाको बैठक सुरु हुन साथ नेपाली कांग्रेस का महामन्त्री गगन थापा त्यस पछी एमालेका सचेतक महेश बर्तौलाले सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।
उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको सोमबार निधन भएको थियो । बिरामी भएर छट्पटाइरहेकी बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको थियो । एमालेका बर्तौलाले यस घटनाबारे स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छ्न ।
त्यस्तै रास्वपाकी सांसद चन्दा कार्कीले यो घटना लज्जास्पद रहेकोले यसमा दोषीहरूलाई कारबाहीको माग गर्नुभएको छ । उनले अस्पतालमा पर्याप्त चिकित्सकहरू नहुँदा उपचार नपाउने अवस्था आएको बताए ।