ताप्लेजुङ । ताप्लेजुङमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले गरेकाे प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
प्रदेश सांसद खगेन सिङ हाङ्गाममाथि प्रहरीले कुटपिट गरेको भन्दै तरुण दलले प्रदर्शन गरेको हो । प्रदर्शनले उग्ररुप लिए पछी प्रहरीले हस्तक्षेप गर्दै नियन्त्रणमा लिन प्रयास गरेको छ ।
जिल्लाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक राजन लिम्बूको निलम्बनको माग गर्दै तरुण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा र प्रदर्शन बढ्दै गए पछी हवाई फायर गरिएको हो ।
प्रदर्शनकारीले प्रहरी कार्यालय समेत तोडफोड गरेका छन् । ऊनीहरुले जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेका छन् ।