काठमाडौँ । जर्मनीमा आकर्षक रोजगारी दिने गरी आएको प्रचारहरू गलत भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । अनधिकृत व्यक्तिले नक्कली सूचना जारी गरी जर्मनीमा सहायक कामदार छनोटका लागि आवेदन आह्वान भएको भ्रमपूर्ण विज्ञापन–सूचना सामाजिक सञ्जालबाट प्रचार गरेपछि विभागले उक्त प्रचार गलत भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।