![](https://dainikmandu.com/wp-content/uploads/2023/09/IMG_20230901_184333.png)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय निर्वाचनका लागि बागमती प्रदेश क्रिकेट संघले बागमतीका अध्यक्ष पारस खड्कासहित ३ जनालाई प्रतिनिधि पठाउने निर्णय गरेको छ ।
शनिबार बसेको संघको बोर्ड बैठकले काठमाडौंका पारस खड्का, ललितपुरका शेखर श्रेष्ठ र मकवानपुरका प्रेमबहादुर क्षेत्रीलाई प्रतिनिधि पठाउने निर्णय गरेको हो ।