२०८१ भाद्र २३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

रौतहट । रौतहटमा एक युवकको धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

इशनाथ नगरपालिकामा–९, लवतनाका १८ वर्षीय सहबाज मिया आलमको हत्या गरेर अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मियालाई अज्ञात समूहले धारिलो हतियारले पेटमा प्रहार गर्दा  घटनास्थलमै मृत्यु भएको हो । एकै समूहमा बसेर लागुऔषध सेवन गर्ने क्रममा विवाद भएपछि गएराति हत्या भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए ।

उनका अनुसार घटनाको सम्बन्धमा अनुसन्धान भइरहेकोे छ । इशनाथ नगरपालिकाको कार्यालय अगाडिको आप बगंचामा  मियाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यस अघि यमुनामाई गाँउपालिकाको वडा नं. ४ मा रहेको झाँझ खोलमा अन्दाजी ३० वर्षिया महिलाको शव फेला परेको थियो । पानीमा महिलाको शव रहेको भन्ने सूचना आए पछि सशस्त्र प्रहरी बल, नेपाल बिओपी बेलविछवाबाट विपद् उद्दारका सामग्री सहित टोली परिचालन भएको थियो । मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

हिजो बुधबार नै माधवनारायण नगरपालिकाको वडा नं. ९ गढौ स्थित बाग्मती नदीको किनारमा नाम वतन नखुलेको अन्दाजी ५३ वर्षिय एक पुरुषको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहट यी सबै घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।