२०८१ भाद्र २३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । भारतका पूर्व मुख्य प्रशिक्षक राहुल द्रविडले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) बाट अतिरिक्त बोनस लिन अस्वीकार गरेका छन् ।

द्रविडले बाँकी कोचिङ स्टाफको जस्तै पुरस्कार रकम मात्र लिने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । द्रविडले अब अन्य आफ्नो कोचिंग स्टाफकै सरह साढे २ करोड भारु पुरस्कार पाउने भएका छन् ।

बीसीसीआईले टी–२० विश्वकप च्याम्पियन टोलीलाई १२५ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको थियो । उक्त पुरस्कार रकम खेलाडी र प्रशिक्षकका ४२ सदस्यलाई वितरण गरिएको हो ।

१२५ करोड रुपैयाँमध्ये टोलीका सबै १५ सदस्य र प्रशिक्षक राहुल द्रविडले ५–५ करोड रुपैयाँ पाउने बताइएको थियो । त्यस्तै कोचिङ स्टाफका बाँकी सदस्यले २.५ करोड रुपैयाँ पाउने भएका छन् । अब द्रविडले पनि अन्य कोचिंग स्टाप सरहनै साढे २ करोड लिने भएका छन् । टि-२० विश्वकपमा द्रविडसँगै सपोर्ट स्टाफमा विक्रम राठौर, पारस महाम्ब्रे र टी दिलीप पनि थिए ।

मिडिया रिपोर्टका अनुसार १५ खेलाडीले ५-५ करोड पाउने छन् भने द्रविडसहित कोचिंग स्टाफले २.५ करोड जनही पाउने छन् । त्यस्तै फिजियोथेरापिष्ट सहित ९ जनाको टिमले जनही २-२ करोड, ट्राभलिङ रिजर्भको रुपमा गएका चार खेलाडीले एक एक करोड तथा छनौट समितका ५ जनाले एक एक करोड पाउने भएका छन् ।

राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो, जब टीम इण्डिया टी-२० विश्वकपको समूह चरणबाट बाहिर थियो। टोलीले फेरि २०२२ को टी-२० विश्वकपमा सेमिफाइनल खेलेको थियो। सन् २०२३ मा भएको एकदिवसीय विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो, तर टीम इन्डिया फाइनलमा पुगेपछि उनको कार्यकाल टी–२० विश्वकपसम्म बढाइएको थियो । त्यसपछि द्रविडले भारतलाई टी-२० मा विश्व च्याम्पियन बनाए । जुन २९ मा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै टी–२० विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।