काठमाडौँ । ४७ ग्राम खैरो हेरोइनसहित कञ्चनपुर बाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेना बेलौरी नगरपालिका-१० बस्ने २६ वर्षीय हिक्मत हमाल रहेको प्रहरीले जनाएको छ । उनलाई संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनको साथ बाट ४७ दशमल ८५ ग्राम खैरो हेरोईन प्रहरीले बरामद गरेको हो । भारतबाट लागुऔषध ल्याइरहेको अवस्थामा बेलौरी नगरपालिका-९ को कलकत्ताबाट पक्राउ गरेको संघीय प्रहरी इकाई महेन्द्रनगरले जनाएको छ ।
कठायतलाई पक्राउ गरि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।